२०८२ असोज १७ गते
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैं, तिहार र छठको भिडभाडलाई ध्यानमा राख्दै आन्तरिक उडानको अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ। टिकट अभाव र महँगो मूल्यमा बिक्री हुन नदिन यो कदम चालिएको हो। प्राधिकरणले स्वीकृत भाडादरभन्दा बढी शुल्क लिने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। असोज १६ गते प्रकाशित सूची अनुसार, काठमाडौं–धनगढीको अधिकतम भाडा १७,५७९ रुपैयाँ र काठमाडौं–सिमराको न्यूनतम भाडा ३,९७८ रुपैयाँ तोकिएको छ।
प्राधिकरणले असोज १६ गते सार्वजनिक गरेको अधिकतम हवाई भाडादर यस्तो छ–
काठमाडौं–विराटनगर स् ९ हजार ७८५ रुपैयाँ
काठमाडौं–भरतपुर स् ४ हजार ६४३ रुपैयाँ
काठमाडौं–भद्रपुर स् १२ हजार ११२ रुपैयाँ
काठमाडौं–जनकपुरमा स् ५ हजार ४७० रुपैयाँ
काठमाडौं–पोखरा स् ६ हजार ६३५ रुपैयाँ
काठमाडौं–नेपालगञ्ज स् १३ हजार १०३ रुपैयाँ
काठमाडौं–धनगढी स् १७ हजार ५७९ रुपैयाँ
काठमाडौं–सिमरा स् ३ हजार ९७८ रुपैयाँ
काठमाडौं–भैरहवा स् ८ हजार ४६१ रुपैयाँ
काठमाडौं–राजविराज ८ हजार २१० रुपैयाँ
काठमाडौं–सुर्खेत स् ९ हजार ३० रुपैयाँ
काठमाडौं–तुम्लिङटार स् ७ हजार ६३० रुपैयाँ
प्रतिक्रिया