सय रूपैयाँ माथिको सबै सामानमा भन्सारमा कर लाग्ने व्यवस्था रोक्न सर्वोच्चको आदेश

२०८३ जेठ ०२ गते

सय रूपैयाँ माथिको सबै सामानमा भन्सारमा कर लाग्ने व्यवस्था रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सय रूपैयाँ माथिको सबै सामानमा भन्सारमा कर लाग्ने व्यवस्थामा रोक लगाएको छ । शुक्रबार सर्वोच्चका न्यायाधिशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

 

Advertisement:

Ad
Ad

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत नेपाल भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामान सय रूपैयाँभन्दा बढी भए भन्सार लाग्ने व्यवस्था गरेको थियो ।


नयाँ सरकार बनेर डा। स्वर्णिम वाग्ले अर्थमन्त्री बनेसँगै सो व्यवस्था कार्यान्वयनमा ल्याएका थिए ।यसविरुद्ध चर्को आलोचना भइरहेकोमा सर्वोच्चको आदेशसँगै भन्सारमा सहजता हुने भएको छ ।सर्वोच्चले भन्सार शुल्क लिन अन्तरिम आदेशमार्फत रोक लगाएको हो ।

 

अधिवक्ताहरू ‘डिजे ल एसोसियट्स’सँग आवद्ध अधिवक्ताहरू आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय र भन्सार विभागलाई विपक्षी बनाउँदै गत वैशाख १४ मा रिट दायर गरेका थिए ।

 

सो रिटमा वैशाख १५ मा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाइएकामा २८ र ३० गते हेर्न नभ्याइनेमा परेको थियो । आज भने अदालतले अन्तरिम आदेश जारी गरेको हो ।