२०८३ वैशाख १४ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गते ७१औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले आज अपरान्ह २ बजे विशेष समारोह गर्दै छ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा आयोजना हुने विशेष समारोहमा राष्ट्र बैंकका पूर्व गभर्नरहरू, पूर्वडेपुटी गभर्नरहरू, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरू निमन्त्रणा गरिएको छ।
नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (२६ अप्रिल १९५६) भएको थियो ।
प्रतिक्रिया