प्रधानमन्त्री बालेनले रोकिदिए स्वर्णिमको विदेश भ्रमण

२०८२ चैत २३ गते

प्रधानमन्त्री बालेनले रोकिदिए स्वर्णिमको विदेश भ्रमण

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमणको प्रस्ताव अन्तिम समयमा अस्वीकृत गरिदिएको छ ।

अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ’स्प्रिङ बैठक’ मा अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । मुख्यसचिवले मन्त्री वाग्लेको सहमतिमै सो प्रस्ताव लगे पनि प्रधानमन्त्री बालेनले त्यसमा असहमति जनाउँदै मन्त्रीस्तरीय सहभागिताको बाटो रोकिदिएका हुन् ।

Advertisement:

Ad
Ad

देशको वर्तमान आर्थिक र राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन मन्त्रीको उपस्थिति आवश्यक रहेको धारणा राखिए पनि प्रधानमन्त्रीले उक्त प्रस्तावलाई अगाडि बढ्न दिएनन् । चैत २२ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार अब सो बैठकमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव धनीराम शर्माले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

प्रधानमन्त्री बालेनले मन्त्री भन्दा सचिवलाई सो कार्यक्रममा सहभागी हुन दिन र मन्त्री वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट निर्माणको कामलाई प्राथमिकता दिँदै त्यसमा लाग्न निर्देशन दिएका हुन् ।

बालेनको निर्देशनपछि आगामी वैशाखमा हुन लागेका विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्त बैठक र एशियाली विकास बैंकको ५९औँ वार्षिक बैठकमा अर्थमन्त्री आफैँ उपस्थित नहुने निर्णय भएको उनी निकट सचिवालयले जनाएको छ।