बालेन र सुदनविरुद्ध किटानी जाहेरी लिएर प्रहरी परिसर जाँदै अखिल

२०८२ असोज २१ गते

बालेन र सुदनविरुद्ध किटानी जाहेरी लिएर प्रहरी परिसर जाँदै अखिल

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

 

Advertisement:

Ad
Ad

जेनजी युवाहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दवाब बढाएसँगै अखिलले पनि प्रतिशोध स्वरुप बालेन र गुरुङ विरुद्ध सिंहदरबार लगायतका प्रमुख प्रशासकीय भवन जलाउन उद्दत गराएको आरोपमा किटानी जाहेरी दिन लागेका हुन् । अखिलका महासचिव दीपक धामीका अनुसार केही बेरमा उनीहरु जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन जान लागेका हुन् । 


२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।