बागमती स्वीट्स पुनः सञ्चालनमा

२०८३ वैशाख १७ गते

बागमती स्वीट्स पुनः सञ्चालनमा

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित चर्चित मिठाइ पसल तथा रेस्टुरेन्ट बागमती स्वीट्सु पुनः सञ्चालनमा आएको छ। केही समयको अन्तरालपछि कम्पनीले आफ्ना सम्पूर्ण सेवाहरू सुचारु भएको जानकारी दिएको हो।

 

Advertisement:

Ad
Ad

विशेष परिस्थितिका कारण केही समयका लागि सेवा बन्द गर्नुपरेकोमा कम्पनीले आफ्ना ग्राहकहरूसमक्ष क्षमायाचना समेत गरेको छ। सेवा बन्द रहेको अवधिमा ग्राहकहरूले देखाएको धैर्यता र विश्वासप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

 

बागमती स्वीट्सले अब थप परिपक्व, जिम्मेवार र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। ग्राहकको अपेक्षालाई सम्मान गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको कम्पनीले सूचनामार्फत उल्लेख गरेको छ।