२०८२ असोज ०२ गते
काठमाडौँ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राजस्व व्यवस्थापन सूचना प्रणाली आरएमआइएसमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली इन्टरनेशनल कार्ड नेटवर्कको शुभारम्भ गरेका छन् ।
यो नयाँ प्रणाली मार्फत विदेशी सेवाग्राही तथा नेपाल आउने पर्यटकहरूले राजस्व भुक्तानी प्रक्रियामा सहजता पाउनेछन्। यो प्रणालीले सेवा प्रवाहलाई कागजमुक्त अनुहारबिहीन बनाउनुका साथै चौविसै घण्टा, सातै दिन सेवा उपलब्ध गराउनेछ। यसले राजस्व संकलनलाई द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय स्तरको पहुँचयुक्त र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ जसले डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा ठूलो योगदान पुर्याउनेछ।
यस भुक्तानी प्रणालीमार्फत मास्टरकार्ड, भिसा कार्ड, अलिपे जस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँग आबद्ध कार्डमार्फत नेपाल सरकारको अध्यागमन विभागद्वारा तोकिएका सेवा प्राप्त गर्न सकिनेछ। विशेष गरी त्रिभुवन विमानस्थलबाट प्रवेश गर्ने पर्यटकहरूले सजिलै यस सेवाको प्रयोग गर्न सक्ने भएका छन्।
हाल यस सेवा अध्यागमन विभाग र यसको अन्तर्गतका निकायहरूमा सीमित भए पनि भविष्यमा यसलाई अन्य सरकारी निकायहरूमा समेत विस्तार गरिने योजना रहेको छ।
प्रतिक्रिया