२०८२ असोज २६ गते
काठमाडौँ । शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधिहरूबीच शीतल निवासमा करिब दुई घन्टा लामो छलफल चल्यो। छलफलमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री र जेनजी अगुवाबीच नोकझोक चल्यो । शितलनिवासमा पुगेका एक युवाका अनुसार जव जेनजी अगुवा मध्येका एकले प्रधानमन्त्री कार्कीलाई यो सरकार एनजीओले चलाएको हो ? भनेर प्रश्न गरे, प्रधानमन्त्री कार्कीले कडा रुपमा प्रतिवाद गर्दैनचाहिने कुरा नगर्नुस्,यो सरकार मैले चलाएको हो भनेर उत्तर दिएकी थिइन् ।
निर्धारित छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुने कार्यक्रम भए पनि अस्वस्थताका कारण उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि बैठकमा अनुपस्थित रहे।तथापी प्रधानमन्त्री कार्की र जेनजी युवाहरुबीच एक घण्टा जती छलफल भयो ।
छलफलमा निर्वाचन, समावेशिता, सहिद तथा घाइते परिवारको सम्मान, र भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा जेनजी प्रतिनिधिहरूले प्रश्न उठाएका थिए। लिखित समझदारी र सरकारमा सहभागिता माग गर्दै प्रतिनिधिहरूले आफ्नो धारणा राखे। प्रधानमन्त्री कार्कीले सबै मागहरू ध्यानपूर्वक सुनिएको र प्रक्रिया अघि बढाउने आश्वासन दिएकी थिइन् ।
मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा कार्कीले बाहिर चर्चामा आएका नामहरूबारे कुनै निर्णय नभएको र जेनजीबाट सुझाव मागिएको स्पष्ट पारिएको थियो ।
शिक्षामन्त्री महावीर पुनले शिक्षा तथा घाइते परिवारप्रतिको राहतबारे जानकारी गराउँदै सरकार प्रतिबद्ध रहेको बताए। जेनजी प्रतिनिधिहरूले वार्ता टोलीमा समावेशिता सुनिश्चित गर्नुपर्ने मागसमेत राखेका थिए।
बैठकलाई समग्रमा सकारात्मक संवादको प्रयास भनेर जेनजी प्रतिनिधिहरूले मूल्यांकन गरेका छन्।
प्रतिक्रिया