२०८२ असोज १५ गते
काठमाडौँ । अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएपछि अमेरिकामा 'गभर्न्मन्ट शटडाउन'को स्थिति उत्पन्न भएको छ।
यसको अर्थ अब त्यहाँ सरकारका धेरै कामहरू अस्थायी रूपमा स्थगित हुने छन्।राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एकअर्कालाई दोष लगाएका छन्।सेप्टेम्बर ३० को मध्यरातदेखि औपचारिक रूपमा 'शटडाउन' सुरु भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको वेबसाइटको होमपेजको सबैभन्दा माथि शटडाउन सुरु भएको अवधि गणना गर्ने घडी राखिएको छ।
सन् २०१८ /१९ पछि पहिलो पटक उत्पन्न यस्तो स्थितिमा अब सरकारले सामूहिक रूपमा तथा फिर्ता नहुने गरी कर्मचारी निकाला गर्न सक्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन्।
प्रतिक्रिया