२०८२ भदौ ०१ गते
काठमाडौँ । अटो पारखीहरुको बहुप्रतिक्षित अटोमोबाइल प्रदर्शनीको रुपमा स्थापित नाडा अटो शो आफ्नो १७औं संस्करणको तयारीमा जुटिरहेको छ। भदौ ३ गतेदेखि ८ गतेसम्म सुरु हुने यो प्रदर्शनी “गो फर मोर” भन्ने नाराका साथ आयोजना हुँदैछ, जसमा नवीनतम प्रविधि, स्मार्ट मोबिलिटीको झलक प्रस्तुत गरिने नाडाको दाबी छ।
यद्यपि यो वर्षको नाडा अटो शो केही अर्थमा विशिष्ट र पेचिलो पनि बनेको छ। त्यसको कारण हो, नाडाबाट अलग्गिएको संगठन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन नाइमाले हालै सम्पन्न गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’। विगतमा एउटै छातामुनि अटोमोबाइल प्रदर्शनी हुँदै आएको भएपनि, अहिले दुई संस्थाले फरक–फरक समय र अवधारणामा अटो शो आयोजना गरिरहेका छन्। यसले अटोमोबाइल क्षेत्रमा दुई धारको प्रतिस्पर्धा, वर्चस्व र रणनीतिक होडबाजीको संकेत दिएको छ। नाडाले नाइमा एक्स्पो सकिएको ठीक एक सातापछि आफ्नो अटो शो ल्याउन लागेको यो समयावधिले पनि धेरै चर्चा र अड्कलबाजी जन्माएको छ । नाडा र नाइमा दुवै एक–अर्कोलाई चुनौति दिँदै अघि बढिरहेका छन् । यस्तो अवस्थामा प्रदर्शनीको उद्देश्य, प्रभावकारिता र दीर्घकालीन प्रभाव के कस्तो पर्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। त्यसै सन्दर्भमा, वाणिज्यपोष्टले नाडा अटो शो २०२५ को तयारी, आयोजनाको उद्देश्य, अटोमोबाइल क्षेत्रको हालको अवस्था र नीतिगत चुनौतीहरूबारे नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतिसँग कुराकानी गरेको छ ।
अटो पारखीहरुको बहुप्रतिक्षित नाडा अटो शो ३ गतेदेखि शुरु हुँदैछ, यसको तयारी कहाँ पुग्यो ?यसपटकको शोमा नयाँ कुरा के आउँदैछ ?
जहिले पनि नाडाले अटोको नविनतम् चिजहरु देखाउने, ओमोबाइलको भविश्य १० वर्षसम्ममा के कस्तो रहन्छ भन्ने देखाउने गरेका छौँ । मूख्य रुपमा यसपटकको आकर्षण भनेको नेपालमा र दक्षिण एसियामै पहिलोपटक फ्लाइङ कार अर्थात उँड्ने कार यो वर्ष हामीले अटो शोमा देखाउँदै छौँ । यससँगै हामीले हामीसँग भएका पुराना भिन्टेज र नयाँ कारहरु देखाउँदै छौँ । यो गाडी बर बाइक मात्र नभई गाडीसँग सम्वन्धित बैंक बीमा फाइनान्स भएकाले एक मात्र ठूलो शो हो । यो तीन हजार भन्दा धेरै सदस्य भएको संस्था हो । त्यसका साथै नेपालभरी गुड्ने सम्पूर्ण गाडीहरुको कम्पनोनेन्ट, ब्याट्री, टायर लगायत सम्पूर्ण पार्टपूर्जा सहितको स्टल शोमा समाहित हुने छ ।
अवलोकनकर्ताले के नयाँ कुरा अवलोकन पाउने छन् यो शोमा ?
अवलोकनकर्ताहरुले जहिले पनि नयाँ पाउने भनेको नाडामा हुन्छ । यो पटक रोबर्ट, फ्लाइङ कारसँगै नयाँ र अत्याधुनिक सवारीसाधन देख्न पाउनेछन् । नयाँ कम्पोनेन्ट,नयाँ नयाँ मोडेलका कारहरु देख्न पाउनेछन् । नयाँ अन्वेषण के छ भन्ने थाहा पाउनुका साथै पाँचै दिनसम्म अटो डाइलग सञ्चालनमा आउने छ ।
नाइमाले केही दिनअघि मात्र नाइमा अटो शो सम्पन्न गरिसकेको छ, यसले नाडाको अटो शो प्रभावित हुन्छ कि हुँदैन ?
असर के कस्तो गर्छ भन्ने कुरा पछि थाहा हुने कुरा हो । नाडा भनेको ५० वर्षको इतिहाँस बोकेको संस्था हो । सातवटा प्रदेशमा फैलिएको ३ हजार बढी सदस्य भएको संस्था नाडा हो । हरेक वर्ष अटो शो आयोजना गर्ने भनेको एक मात्र संस्थानै नाडा मात्र हो ।अर्को नाइमा भनेको सिमित मानिसहरु मिलेर खोलेको संस्था हो । हाम्रो अटो आयोजना गर्ने समय जहिले पनि फिक्स छ । नाइमाले चाहीँ नाडाको अटो शो गर्ने समय मिचेर अगाडि शो गरेको हो । यसले कुनै प्रभाव पार्दैन ।
नाडाले दक्षिण एसियामै पहिलो पटक देखाउन लागेको फ्लाइंग कार देखाउनुको उद्देश्य के हो ?अहिले त उँड्ने कारका लागि सरकारी पोलिसी तयार नै भएको छैन, भविश्यमा बिक्रीवितरण गर्ने योजनाका लागि सरकारसँग नीति निर्माणको खाका कोर्न केही तयारी छ कि छैन ?
मलाई लाग्छ संस्थाले कसैको लागि लबिङ गर्दैन । हामीले गर्ने भनेको भए गरेका नयाँ कुराहरु ल्याएर देखाउने हो । बिक्रीका कुराहरु सम्भाव्यताका कुराहरु सम्वन्धित पक्षले गर्ने हो । अहिले पोलिसी नबनेका कारण देखाउने मात्र काम गर्दैछौँ । नाडाको टाइटल स्पोन्सर चांगन अटो मोबाइलले यो कार ल्याउँदै छ । अहिलेलाई हामीले यो कारको प्रवर्धन गर्दैछौँ ।कम्पनीले जव बिक्रीको योजना अघि सारेर ल्याउँछ त्यतिखेर आवश्यक परे नाडाले सहजिकरण गर्ने नै छ ।
नाइमा अटो शोको कारण कतिपय क्रेताले गाडी किने होलान्,बुकिङ गरिसके होलान् नाडाको अटो ब्रिकीमा यसले असर पर्ने देख्नु भाको छ कि छैन, के कस्तो आँकलन गर्नु भाको छ ?
हामीे अहिले शोका लागि तयारीमा छौँ । नाडामा हुने भीड भनेको थेगी नसक्नु हुन्छ, यहाँहरुले अघिल्लो वर्ष पनि पक्कै मूल्यांकन गर्नु भएकै होला । त्यसकारण शो सकिन दिउँ अनी मूल्यांकन गरौँला अहिले पूर्वानुमान नगरौँ ।अहिले शोको सफलताको मात्र कुरा गरौँ ।
नेपालको अटोमोबाइलको बजारलाई कसरी हेर्नुभएको छ ?बिक्री वितरण कसरी भइरहेको छ , कसरी मूल्यांकन गर्नूभएको छ ?
नेपालमा अटो क्षेत्र भर्खर फस्टाउँदै छ । सम्भाब्यता धेरै बोकेको छ । विगतमा ३ वर्ष भन्दा यता राम्रो बिक्री गरिरहेको छ त्यो सन्तोषजनक छ । बिस्तारै चार पाङ्रे सवारी मानिसहरुको आवश्यकतामा परिणत हुन थालेको छ । नेपालमा अटो बजारको धेरै सम्भावना छ ।
सरकारले अटो मोबाइल क्षेत्रका लागि लागू गरेको करको दर भन्सार नीति , व्यवसायीमैत्री छ कि छैन ?
सरकारले समय अनुसार करको दरहरु परिवर्तन गर्दै आएको छ । यसपटक करका दर परिवर्तन भएको छैन । जसको हामीले स्वागत गरिसकेका छौँ । स्थायी र दिर्घकालिन नीति भएन भने अटो सेक्टर मात्र होइन कुनै पनि सेक्टर अघि बढ्न सक्दैन । त्यसकारण नीति भनेको स्थायी र दीर्घकालिन हुन पर्छ भन्ने हाम्रो मान्यता हो ।
नाडा र नाइमाको उद्देश्य एउटै हो, भविश्यमा यी दुई संस्थाबीच सहकार्य हुने सम्भावना छ कि छैन ?
पहिलो कुरा त नाडा र नाइमाको उद्देश्य एउटै होइन । नाडा भनेको अटोमोबाइलसँगै यसका पार्ट पुर्जा,टायर,ब्याट्री लगायत कम्पोनेन्टहरुको प्रवर्धन गर्ने संस्था हो । नाइमाको विधानमै पार्टपूर्जा बेच्नेलाई निषेध गरिएको छ भने गाडी आयातकर्ताहरुलाई मात्र समावेश गरिएको छ भने नाडामा सबै व्यवसायी साना ठूला अट्न सक्छन् । यो संस्था भनेको सबैको साझा संस्था हो । हामी लिमिटेड कम्पनीको मोडलमा जानै सक्दैनौँ । भिडियो-
प्रतिक्रिया