एनपीएल आज चितवन राइनोज र लुम्बिनी लायन्स मैदानमा आमनेसामने हुँदै

२०८२ मंसिर ०४ गते

एनपीएल आज चितवन राइनोज र लुम्बिनी लायन्स मैदानमा आमनेसामने हुँदै

काठमाडौँ । जारी नेपालकै प्रतिष्ठित खेल नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ । प्रतियोगिताको पाँचौ खेलका रुपमा आज अपरान्ह चार बजे कीर्तिपूर खेल मैदानमा आमनेसामने हुने भएका हुन् । 

 

Advertisement:

Ad
Ad

लुम्बिनी लायन्सको यो पहिलो खेल हो भने चितवन राइनोजको दोस्रो खेल हो ।लुम्बिी लायन्सका कप्तान रोहित पौडेल रहेका छन् भने चितवन राइनोजका कप्तान कुशल मल्ल रहेका छन् । चितवन राइनोजले यस अघि कर्णाली याक्सलाई हराइसकेको छ । यस हिसावले पनि आजको खेल राइनोजका लागि प्रतिष्ठाको खेल हुने छ ।