आज एकैदिन तोलामा ४३ सय रूपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ किनबेच ?

२०८२ फागुन ०७ गते

आज एकैदिन तोलामा ४३ सय रूपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज(बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो। 

 

Advertisement:

Ad
Ad

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार तीन सय रूपैयाँ बढेको हो।यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।बुधबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ।

 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो।