४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

२०८३ वैशाख ०२ गते

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ। तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले पुनः ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने तयारी गरेको छ। वैशाख २ गतेका लागि तय गरिएको यस निक्षेप संकलनअन्तर्गत आज दिउँसो ३ बजे बोलकबोल हुनेछ।

राष्ट्र बैंकका अनुसार सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि, ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमसम्म प्रस्ताव दिन सक्नेछन्।

Advertisement:

Ad
Ad

 

बोलकबोल ब्याजदरका आधारमा हुने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ५६ दिने यस निक्षेप संकलन उपकरणको साँवा र ब्याज जेठ २७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।