२०८२ जेठ १२ गते
काठमाडौँ । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन 'नो कम्प्रोमाइज'को दोस्रो संस्करण सार्वजनिक गरेको छ ।
नो कम्प्रोमाइजको बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतना मुलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको छ । शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओ.पी.सी. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ र गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ ।क्वालिटीको मामलामा एनएस ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराहरूले नै शिवम् ब्राण्डको मूल पहिचान निर्माण गरेको छ । आफ्नो गुणस्तरको कारणलेनै शिवम् सिमेन्टले, सिमेन्ट जगतमै पहिलो पटक एनएस चिन्ह प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।
हालै सार्वजनिक गरिएको क्याम्पेन टिजरले चलचित्रको ट्रेलरझैं सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकहरुमाझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो । त्यस पछि हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ । शिवम् सिमेन्टका प्रतिनिधीका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरु समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन् ।
यसअघि सञ्चालन गरिएको क्वालिटीको मामलामा नो कम्प्रोमाइज क्याम्पेन अत्यन्तै लोकप्रिय भएको थियो । शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभई, सामाजिक सन्देशहरू प्रस्तुत गर्ने शैली अपनाउँदै आएको छ । आफ्नो अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य तथा सिद्धान्तकोे मामलामा सम्झौता गर्नुृ हुदैन भन्ने जनचेतनामुलक सन्देश सहित सार्वजनिक गरिएका यस विज्ञापन दर्शकहरु माझ प्रभावशाली बनेका थिए ।
प्रतिक्रिया