मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ ।
सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका थिए ।
२०८२ साउन १९ गते