काठमाडौँ। बिहीबार सुनको भाउमा नयाँ उचाइ कायम भएको छ। केहि दिनदेखि घटिरहेको सुनको भाउ फेरि बढ्न थालेको छ। आज एकैदिन सुन तोलामा २ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जानाएको छ ।
अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसअघि फागुन २७ गते सुन सबैभन्दा उच्च मूल्य १ लाख २६ हजार रुपैयाँमा पुगेको थियो । बिहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
यस दिन सुनसँगै चाँदीको भाउ पनि उच्च दरमा बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !