काठमाडौँ। घोराही सिमेन्टको आईपीओमा ५० प्रतिशतभन्दा बढी आवेदन फर्जी परेका छन्। प्रिमियम मूल्य रु ४३५ मा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टमा असार ४ गते साढे २ बजेसम्म २ करोड ४० लाख ५० हजार कित्ताको लागि आवेदन परेकोमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको पाईएको हो।
केही आवेदकले खातामा हजार रुपैयाँ हुँदा १० कित्ताको लागि आवेदन दिएका छन्। यसलाई भने त्यत्ति सिरियस रुपमा हेरिएको छैन। केही सामान्य व्यक्तिहरुले अज्ञानताको कारण प्रतिकित्ता सयकै दरमा हिसाब गरि आवेदन दिएको हुनुसक्ने रुपमा लिईएको छ। तर, घोराही सिमेन्टको १० कित्ता आईपीओका लागि खातामा ४ हजार ३५० रुपैयाँ चाहिन्छ।
तर, केही लगानीकर्ताले भने ठुलो परिणाममा आवेदन दिएका छन्। सीडीएससी स्रोतका अनुसार ९ जना आवेदकले खातामा पर्याप्त रकम बिनै १० लाख कित्ताको दरमा आवेदन दिएको पाईएको छ। जुन, संकास्पद हो।
घोराहीको प्रिमियमसहितको आईपीओमा सोमबार दिउँसो साढे २ सम्ममा ५ लाख २८ हजार आवेदकले २ करोड ४० लाख कित्ताका लागि १० अर्ब ४६ करोड ४८ लाख रुपैयाँबराबरको आवेदन दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !