काठमाडौं । भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) बर्ली होम एप्लायन्सले नेपालमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले औपचारिक रुपमा एयर कुलर सार्वजनिक गरेका छन् ।
कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे जानकारी गराएका थिए । भिवान्ता होटलमा आयोजना गरिएको कुलर सार्वजनिक कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरूको सहभागीता थियो ।
बर्लीका उत्पादनहरू सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन्। बर्लीले नेपाली बजार प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ । यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुऱ्याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा कम्पनीले गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !