काठमाडौ । गभर्नर महाप्रसाद अधिकारी भोलिबाट (मैगलबार) बिदामा बस्ने भएका छन् । आज (सोमबार) १३ औ संस्करणको ग्लोबल मनि विकको उदघाटन गरेका अधिकारी भोलीबाट (मंगलबाट चैत ५) फोर्स लिभमा बस्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अधिकारीको कार्यकाल सकिन अब २० दिन बाँकी छ । यसकारण १० दिन विदामा बसेर फेरी कार्यालय फर्कनेछन् ।
यद्यपि आफु बिदामा नबस्दै मिडियाहरुले गभर्नर विदामा बसेको समाचार लेखेको भन्दै गुनासो गरेका थिए । महिला आर्थिक पत्रकार सँघको समन्वयमा नेपाल राष्ट्र बैंकले गरेको महिला आर्थिक पत्रकारको क्षमता बृद्धि कार्यक्रममा गभर्नर अधिकारीले आफु बिदामा नबसेको बताएका थिए । यद्यपि केही दिनपछि फोर्स लिभमा बस्ने र फेरी काममा फर्कने उनले बताएका थिए ।
गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा उनले सार्वजनिक कार्यक्रममा पनि धेरै भाषण गर्ने गरेका छैनन् । अधिकारीको कार्यकाल सकिनै लाग्दा सरकारले नयाँ गभर्नर छनौटका लागि समिति गठन गरिसकेको छ । एक दर्जन व्यक्ति गभर्नरको दौडधुपमा लागिसकेका छन् ।अधिकारीको कार्यकाल चैत २५ गते सकिदैछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !