काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेस गरेका छन् । घिसिङले मन्त्रिपरिषद्को निर्णय अनुसार विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ बमोजिम ४ वर्षको निम्ति नियुक्त भएकाले सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐनको दफा नेपाल सरकारको कार्य सञ्चालन नियमावलीको नियम विपरित भएको जिकिर गरेका छन् ।
बिहीबार ऊर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाउँदै घिसिङले पुनः स्पष्टीकरण माग्नु कानुन र न्यायको सिद्धान्त विपरीत भएको जिकिर गरेका हुन। मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले कुलमानसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले बिहीबार उनले जवाफ पेस गरेका हुन् ।
प्रबन्ध निर्देशक घिसिङले ऊर्जा मन्त्रालयलाई आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको प्रष्टीकरण दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !