काठमाडौं । सोमबारदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा दर बढाएको छ ।
विभागले यात्रुवाहक सवारी साधनमा ३.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.०५ प्रतिशतले भाडा दर वृद्धि गरेको छ ।
विभागले पछिल्लो समयमा इन्धनको मूल्य बढेकाले भाडा दर समायोजन गरिएको जनाएको छ । सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत हुन्छ । इन्धनको मूल्य ५ प्रतिशतको घटवढ हुँदा भाडा दर समायोजन गर्नुपर्ने मापदण्ड छ ।
कहाँ जान कति लाग्छ ?
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !