काठमाडौँ । मंगलवार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बढेर १९८५ दशमलव ४४मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से मंगलवार १ दशमलव ८९ प्रतिशतले अन्ततः बढ्न पुगेको हो ।
बजारमा आज ४ दशमलव ३ अर्वको कारोवार भयो । जसमा २१४ कम्पनी बढेका छन् भने २४ कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यो दिन बोटलर्स नेपाल बालाजु सहित धौलागिरी लघुवित्त,नेपाल रिपब्लिक मिडिया,सोनापुर मिनेरल्स् एण्ड आयलको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।
मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फत नीतिगत परिवर्तनपछि आइतवार तीनपटकसम्म पोजिटिभ सर्किट लागेर एकैदिन १ सय ११ दशमलव २० अंकले बढेको बजार सोमवार फेरी ओरालो लागेको थियो तर मंगलवार भने पूनः बढ्न पुगेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !