काठमाडौं । नेपाल विद्युत प्राधिकरणको संचालकमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो ।
आजै मन्त्रालयले सञ्चालकद्वय कपिल आचार्य र भक्त बहादुर पुन पदमुक्त गरेको थियो । आचार्य र पुनलाई पदमुक्त गरे लगत्तै गुरुङ र कार्कीलाई संचालमा नियुक्ति गरिएको हो । नवनियुक्त सञ्चालक गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् । संचालक कार्की भने पूर्वऊर्जा सचिव हुन् ।
उद्योगीहरुले चलाएको विजुलीको महशुलबारे सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट राख्दै आएका सञ्चालकद्वय पुन र आचार्यलाई पदबाट साउन २० देखि लागू हुने गरी हटाइएको हो।
डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्राधिकरण सञ्चालक समितिको बैंठकले उद्योगीको पक्षमा हुने गरी काटिएको लाइन जोड्ने निर्णय गरेपनि दुई सञ्चालकले भने बोर्डमा महशुल जसरी पनि उठाउन पर्ने मत राख्दै आएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !