काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो । वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।
नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूले यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ । यस वर्ष कम्पनीले कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । १६औं वार्षिक साधारण सभाबाटै कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयर समेत पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीे दिएको छ ।
कम्पनीले ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनस मार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनस शेयर विरतणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रूपैयाँभन्दा बढी कायम हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !