काठमाडौ । बाणिज्य बैंकहरुले नाफामा सुधार गरेका छन् । चालु आर्थिक वर्षको चार महिनामै २२ अर्ब बढी नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २० वटा बैंकहरुले २२ अर्ब २९ करोड ८० लाख रुपैयाँ नाफा कमाएका हुन् । गत वर्ष यसै अवधिमा बैंकहरुले २० अर्ब ७३ करोड नाफा कमाएका थिए । यस आधारमा पनि यो चार महिनामा बैंकहरुको नाफामा निकै सुधार देखिएको हो ।
नाफामा नबिल बैंक नै अगाडी छ । चार महिनामा नबिलले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । नबिललाई पछ्याउँदै ग्लोबल आइएमइ बैंकले दोस्रो बढी नाफा कमाएको छ । चार महिनामा ग्लोबल आइएमइ बैंकले २ अर्ब ११ करोड बढी नाफा कमाएको हो । पछिल्लो केही समय यता नबिल बैंक र ग्लोबल आइएमइ बैंकले लगातार जसो नाफाका आधारमा पहिलो र दोस्रो स्थान हासिल गरिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ८२ करोड नाफा गरेको छ ।
एनआइशी एशिया बैंकको नाफा भने निकै तल रहेको छ । सबैभन्दा कम नाफा नै यही बैंकको छ । गत बर्षको चार महिनामा १ अर्ब ३७ करोड नाफा गरेको बैंकको यो वर्षको चार महिनामा जम्मा ३८ करोड नाफा रहेको छ । यसको नाफा ७१ प्रतिशतले घटेको देखिन्छ ।
तर सरकारी स्वामित्वका कृषि विकास बैंक भने नोक्सानमा देखिन्छ ।
विशेषगरी बैंकहरु कर्जा उठाउँन तर्फ केन्द्रित हुँदा नाफा केही बढ्न पुगेको बैंकर्सहरु बताउँछन् । असल ऋणको कर्जा नोक्सानी व्यवस्था घटाउँदा पनि बैंकहरुको नाफा बढ्न पुगेको देखिन्छ ।
कुन बैंकको नाफा कति ?
नेपाल बैंक : ९३ करोड ८८ लाख रुपैयाँ
नबिल बैंक : २ अर्ब ६९ करोड १० लाख रुपैयाँ
राष्ट्रिय वाणिज्य बैंक : ५५ करोड २७ लाख रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : १ अर्ब ८२ करोड रुपैयाँ
स्ट्याडर्ड चार्टड बैंक : १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ
हिमालयन बैंक : ९१ करोड ८८ लाख रुपैयाँ
नेपाल एसबिआइ बैंक : १ अर्ब ७१ लाख रुपैयाँ
एभरेष्ट बैंक : १ अर्ब ५० करोड ९३ लाख रुपैयाँ
एनआइशी एशिया बैंक : ३८ करोड ८१ लख रुपैयाँ
मछापुछ्रे बैंक : ६८ करोड ९७ लाख रुपैयाँ
कुमारी बैंक : १ अर्ब ५९ करोड रुपैयाँ
लक्ष्मी सनराइज बैंक : १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ
सिद्धार्थ बैंक :६६ करोड ७८ लाख रुपैयाँ
कृषि बिकास बैंक : २२ करोड नोक्सानमा रुपैयाँ
ग्लोबल आइएमइ बैंक : २ अर्ब ११ करोड ४० लाख रुपैयाँ
सिटिजन्स बैंक : ४३ करोड ८६ लाख रुपैयाँ
एनएमबी बैंक : १ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ
प्रभु बैंक : १ अर्ब २३ करोड १० लाख रुपैयाँ
सानिमा बैंक : ६५ करोड १३ लाख रुपैयाँ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !