काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ जारी गरेको छ । जसअन्र्तगत केन्द्रिय बैंकले सिएसआर अन्र्तगत खर्च गर्न सकिने क्षेत्र/ खर्च गर्नु नपर्ने क्षेत्र छुट्याएको छ । मार्गदर्शन अनुसार बैंक तथा वित्तिय संस्थाले शिक्षा, स्वास्थ्य, मानव सेवा तथा राहत, वातावरण, वित्तिय साक्षरता तथा दीगो विकास लक्ष्यको क्षेत्रमा खर्च गर्न सक्नेछन ।
तर, संस्थाको ब्राण्ड प्रवर्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान,विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग सिएसआर अन्तर्गत नपर्ने केन्द्रिय बैंकले स्पष्ट पारेको छ । नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, ¥याली तथा विज्ञापन जस्ता कार्यहरुमा गरिएको खर्च पनि सिएसआर अन्तर्गत पर्दैन । यस्तै संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च, ब्यापार विस्तारको शर्त राखी गरिएका खच लवगायत पनि सिएसआर अन्तर्गत नपर्ने केन्द्रिय बैंकले भनेको छ ।
यद्यपि राष्ट्रिय महत्वको आविष्कार केन्द्रलाई प्रदान गरिने रकम, खेलकुद क्षेत्रको विकासका लागि आवश्यक खेलकुद सम्बन्धी पूर्वाधारमा गरेको लगानी र केन्द्रिय बैंकले समय समयमा तोकिदिएको अन्य क्षेत्रहरुमा गरिएको खर्च पनि सिएसआर अन्र्तगत रहेर गर्न सकनेछ ।कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्च योग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न पाइने छैन । तर, केन्द्रिय बैंकबाट इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आपसी सहमतिमा कुनै विशेष सार्वजनिक महत्वको कार्य गर्ने भएमा यस बैंकको पूर्व स्वीकृतिमा त्यस्ता कार्य सञ्चालन गर्न सकिनेछ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्चको क्षेत्रगत तथा प्रदेशगत विवरणका साथै उक्त खर्चको सामाजिक क्षेत्रमा परेको प्रभाव समेत विश्लेषण गरी आफ्नो वेबसाइटमार्फत वार्षिक रुपमा सार्वजनिक गर्नुपर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !