काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुन कै रुपमा अगाडि बढाउने बताए ।
उनले भने,‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने समाप्त भइसकेको अवस्था छ । अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुने गरी कानुनकै रुपमा अगाडि बढाउने हो ।’
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !