काठमाडौं । नेकपा एमाालेका प्रमुख सचेतक महेश बर्तौलाले भुमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी रहेको बताएका छन् ।मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले भुमि सम्बन्धि अध्यादेशलाई प्रतिस्थापन विधेयकबारे बसेर छलफल गर्ने काम भइरहेको बताएका छन् ।
उनले भने,‘ भुमि सम्बन्धि अध्यादेश संविधान र विद्यमान कानूनी प्रवद्र्धन बमोजिम अधिवेशन आव्हान भएको पहिलो बैठकमा नै पेस गरिएको थियो । त्यसलाई निर्णयार्थ पेस गर्न बाँकी थियो । हामीले ६ वटै अध्यादेशलाई एकैपटक लान खोजेका थियौ । तर सत्ता साझेदारी दलहरुकैबीचमा केही फरक विचारहरु आएका छन् । भुमि सम्बन्धि अध्यादेशलाई रोकेर अहिले पाँचवटा अध्यादेशलाई भोलि पेस गर्छौ । भुमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी छ । यसलाई प्रतिस्थापन विधेयकका रुपमा बसेर काम गर्नुपर्ने छ, यसमा छलफल गरिरहेका छौं । हामी केही दिनमा यसको समाधान दिन्छौ र भुमि सम्बन्धि अध्यादेशलाइ पनि अगाडि बढाउछौ ।’
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भोलि (बुधवार) संसदमा पेस हुने अध्यादेशहरुको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी हुने बताएका छन् । उनले संसदलाई छलेर ल्याएको अध्यादेश देश र जनताको हितमा नहुने पनि बताए ।यसका साथै आजको बैठकमा नेपाली कांग्रेसमा सांसद रामहरी खतिवडाले संसदमा मर्यादा कायम गर्न सांसदहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन ।
भोलिको बैठकमा शुन्य समय र आकास्मिक समय मात्र रहने र विशेष समय नहुने आजको बैठकले निर्णय गरेको छ । यस्तै बैठकमा पाँच वटा अध्यादेशहरु निणयार्थ पेस गर्ने कार्यसूचिमा राखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !