काठमाडौँ। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घट्दो गतिमा रहेको बताएका छन् । एनएमबी बैंकका सिईओ समेत रहेका अध्यक्ष केसीले नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औं वार्षिक साधारणसभा तथा अवार्ड वितरण समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
उनले बैंकहरुको ब्याजदर १ प्रतिशतले घटेको बताउँदै थप घट्ने बताएका हुन् ।। उनले भने, ‘अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा छ,ब्याजदर अझै घट्दै जान्छ ।’
त्यस्तै उनले खराब कर्जा बढ्दो दरमा रहेकाले बैंकहरुले त्यसमा ध्यान दिन आवश्यक रहेको उनले बताए । सडकबाट बैंकविरुद्ध हुने आन्दोलनका कारण सचेत हुनु जरुरी रहेको अध्यक्ष केसीको भनाइ छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !