काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क व्यवसायिक तालिम दिने भएको छ । तालिमका लागि महानगरपालिकाले आज सोमबार आवेदन माग गरेको छ ।
काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/०८२को रोजगारी र आय वृद्धि,काठमाडौँको समृद्धि योजना अन्तर्गत निःशुल्क सीपमुलक तालिम दिन लागेको हो ।काष्ठकला,मूर्तिकला र हस्तकला गरी तीन विधामा तालिम दिन लागिएको महानगरले जनाएको छ । तीन विषयमा २०-२० जना गरी कुल ६० जनालाई शीप दिइनेछ । १८ वर्ष उमेर पुगेका ४५ वर्ष नकटेका ८ कक्षा पास गरेका नेपाली नागरिकहरुले फागुन ५ भित्र तालिमका लागि आवेदन दिन सक्नेछन् । तालिमको कुल समयअवधि ३ महिनाको हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !