काठमाडौं । शेयर बजारको घट्ने क्रम सङ्गै नेपाल स्टक एक्सचेन्जको नाफामा ठूलो धक्का लागेको छ। अघिल्लो वर्षको तुलनामा नेप्सेको नाफा ४३ करोड रुपैयाँ भन्दा बढीले खुम्चिएको छ।
नेप्सेको २०७९ र ८० को अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष नेप्सेले कुल एक अर्ब ४६ करोड ८२ लाख रुपैयाँ रेभेन्यू जेनरेट गरेको थियो। जसमा उसको नेट प्रफिट ७३ करोड ९४ लाख छ जुन अघिल्लो वर्ष भन्दा ४३ करोड ८६ लाख रुपैयाँ कम हो। अघिल्लो वर्ष २०७८ र ७९ मा नेप्सेले कुल २ अर्ब २७ करोड रुपैयाँ रेभेन्यू जेनरेट गर्दा नेट प्रफिट १ अर्ब १७ करोड ८१ लाख रुपैयाँ थियो।
नेप्सेले २०७८ र ७९ मा पनि त्यस भन्दा अघिल्लो वर्ष भन्दा कम नै रेभेन्यू जेनरेट गरेको थियो। आर्थिक वर्ष २०७७ र ७८ मा नेप्सेले २ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ रेभेन्यू जेनरेट गरेको थियो। जुन शेयर बजारको इतिहासमै सबैभन्दा बढी रेभेन्यू जेनेरेट गरेको रेकर्ड पनि हो। उक्त वर्ष नेप्सेको नेट प्रफिट एक अर्ब ४० करोड ९६ लाख रुपैयाँ थियो। बजार बेस्सरी बढेको बेला नेप्सेको आम्दानी बढ्ने गरेको पछिल्ला तथ्याङ्कहरूले पनि प्रस्ट पार्छन्। तर जब सूचक घट्न थाल्छ नेप्सेको आम्दानी पनि खस्किँदै जाने गर्छ। जुन गत वर्षको तथ्यङ्कले पनि पुष्टि गर्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !