काठमाडौ । युनिलिभर नेपाल दोस्रो बजारमा बारोबार हुने सेयर मध्ये महंगो सेयर भएको बहुराष्ट्रिय कम्पनी हो । यसले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा १३.४९ प्रतिशतले धेरै हो । दोस्रो बजारमा यसको सेयर मूल्य ४६ हजार २ रुपैयाँ रहेको छ ।
यति महंगो सेयर भएको यस कम्पनीको सेयर आम्दानी दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी बढेर २ हजार ९७ रुपैयाँ (वार्षिक) पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ पनि ४ हजार २१४ रुपैयाँबाट बढेर ४ हजार ६४१ रुपैयाँ कायम भएको छ । गतवर्ष यसको प्रतिसेयर आम्दानी २ हजार ७५ रुपैयाँ रहेको थियो ।
दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ५.५१ प्रतिशतले बढेको छ । गत वर्ष १ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सेयरभनीहरुलाई आकर्षक लाभांश समेत दिदै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !