बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जीप दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
सुपप्र ०१००१ च ४०२८ नम्बरको जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। गम्भीर घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
बिहान करिब ५ बजे जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक पाण्डेले बताए ।
जीपमा चालकसहित ८ जना सवार रहेका थिए। जीप चालक फरार रहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !