काठमाडौं । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले यस बर्ष बोनस सेयर भने वितरण गर्ने छैन ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेको खण्डमा कम्पनीका शेयरधनीले प्राप्त गर्नेछन् । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १३ गते बुक क्लोजको मिति तोकेको छ । पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !