काठमाडौं । पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको नेतृत्वले गरेका कामकारबाहीविरुद्ध बोर्ड भित्र कै कर्मचारीहरुले आवाज उठाएका छन् । बोर्ड स्वतन्त्र कर्मचारी संगठनले औपचारिक रुपमा विज्ञप्ति नै निकालेर नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ ।
कर्मचारीहरुले बोर्डका कुनै पनि निर्णयहरु पारदर्शी नभएको र सार्वजनिक निष्कासनहरु पटक-पटक विवादमा परेका विषय आमसञ्चारका माध्यम र सामाजिक सञ्जालमा व्यापक रुपमा आउँदा पनि नेतृत्वले त्यसको कुनै प्रतिवाद तथा खण्डन नगर्नुले शंका उब्जिएको भन्दै यसको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
बजार निरन्तर ओरालो लागेको र अर्थतन्त्रका सूचकहरु सन्तोषजनक नरहेको यस्तो परिस्थितिमा बोर्ड नेतृत्वमाथि व्यापारिक समूह हाबी भएको आरोप लाग्नुले बोर्डको गरिमा र स्वायत्तता धरापमा परेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । बोर्डलाई व्यापारिक समूह तथा तिनका विचौलियाको प्रभावबाट जोगाउन र कर्मचारीको पेशागत कहहितको रक्षाका लागि कर्मचारीहरुले सरोकारवालालाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !