काठमाडौँ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रमिकहरुलाई आइरिस प्रणालीमा आवद्ध गरेर मात्र मेडिकल तथा तालिमको व्यवस्था गर्ने भएको छ । रोजगारीमा जान चाहनेहरुले नक्कली मेडिकल र तालिमको प्रमाणपत्र लिने क्रम बढेसँगै श्रममन्त्रालयको पहलमा आइरिस प्रणाली लागू गर्ने भएको हो ।
वेदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले मेडिकलमा उपस्थित नै नभई मेडिकल रिपोर्ट ल्याउने,अभिमुखिकरण तालिम लिँदै नलिई तालिमको सर्टिफिकेट लिने क्रम बढेको बताए । ‘सोही कारण श्रमिक गन्तब्य मुलुकमा पुगेपछि विविध कठिनाई र झमेलामा पर्ने अवस्था आएपछि श्रममन्त्री सरतसिंह भण्डारीको निर्देशन बमोजिम विभागले अव वैदेशिक रोजगारीमा जाने श्रमिकहरु सबैको आँखाको रेटिनाबाट मेशिनले उपस्थिती जनाउने प्रणाली आइरिस सिस्टम लागू गर्न लागिएको हो,’ उनले भने’ यसो हुँदा नक्कली रिपोर्ट र सर्टिफिकेट लिने अवस्था आउँदैन यसले श्रमिकलाई नै हित गर्दछ ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !