काठमाडौँ । काठमाडौँको कालिमाटीमा रहेको श्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेको बुधबार सुनुवाई भयो । काठमाडौँ जिल्ला अदालतमा चलिरहेको थुनछेक बहसको आदेश आउने क्रममा अदालत परिसर बाहिर सञ्चारकर्मी तथा रास्वपा समर्थकहरुको निकै ठूलो भीड लागेको थियो । समर्थकहरुको भीडले रवि लामिछानेको प्रतिवादी अर्थात सहकारी पीडितको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई धक्कामुक्की गरेका थिए ।
प्रहरीले जसो तसो तीतरवीतर पारेको भीड थप आक्रामक देखिएपछि प्रहरी बाक्लो मात्रामा तैनाथ गरिएको थियो भने बबरमहलदेखि जिल्ला प्रशासन भएर सिंहदरबार निस्कने बाटो बन्द गरिएको थियो । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ‘कसुरदार’ ठहर्याउँदै बिहीबार ६५ लाख धरौटी मागेको रवि लामिछानेको कालिमाटीको स्वर्णलक्ष्मी ठगी प्रकरणमा बुधबार जिल्ला अदालत कास्कीले सोही प्रकृतिको आदेश गर्दै ६० लाख धरौटी माग गरेको छ ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
फोटोहरु-
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !