काठमाडौं । मुलुकमा भित्रिने र बाहिरिने रमक (शोधानान्तर स्थिति) मा सुधार भएको छ । साउन महिनाको तुलनामा भदौं महिनामा शोधानान्तर स्थितिमा पौने २१ अर्ब रुपैंया थप भएको छ । मुलुकबाट बाहिरिने भन्दा मुलुकमा भित्रिने रकम बढी भएको हुँदा गत साउनको तुलनामा भदौं महिनामा पौने २१ अर्ब ७१ करोड रुपैंया थप भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म देशको शोधानान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैंयाले बचतमा रहेको छ । चालू आर्थिक बर्षको साउन महिनामा शोधानान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैंया बचतमा थियो ।
अघिल्लो बर्षको सोही अवधीमा शोधानान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामो थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।
चालू खातामा सुधार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चालू खाता मा २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खातामा ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१।७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानीमा ३ अर्बले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफरमा १ अर्व ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !