काठमाडौ । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो सेयर धनीलाई यसपटक लाभांश नदिने भएको छ । लाभांश प्रस्ताव बिनानै पुस १० गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १५ गते बसेको कम्पनीको सन्चालक समितिको बैठकले होटल सेन्ट्रल प्लाजा, कोहलपुर, बॅाकेमा विहान १० बजे सभा सभा गर्ने निर्णय गरेको हो ।
सभाका लागि लाभांश प्रस्ताव भने गरिएको छैन् । सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । युनिक नेपालको दोस्रो बजारमा २७ सय रुपैयाँ भन्दा बढी सेयर मूल्य रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ७४.८७ प्रतिशत कम हो । यसको प्रतिसेयर आम्दानी भने ६३.९९ रुपैयाँले घटेर २१.४८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ३३९.६८ रुपैयाँ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !