काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से अघिल्लो दिनको तुलनामा १० अंक घटेको छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सिटीभ सूचक २.१ अंक घटेको छ । मंगलबारको कारोबारपछि नेप्से १८३७ विन्दुमा कायम भएको छ ।
कुल ६२ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १४ को स्थिर रह्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १९ करोडको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब ५४ करोड रुपैयाँको भयो ।
जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूह करिब १७ अंक बढ्यो । उत्पादन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो ।बैंकिङ २, विकास बैंक १५, फाइनान्स १३, होटल तथा पर्यटन ८७, जलविद्युत् ११, उत्पादन १२४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह ३० अंक घटे ।
सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ३.९, ग्लोबल आईएमई लघुवित्तको ३।४, नेसनल हाइड्रोको २.९ प्रतिशत मूल्य बढ्यो ।त्यस्तै विशालबजार कम्पनीको ९.५, माउन्टेन इनर्जीको ८.९, उन्नति सहकार्य लघुवित्तको ८.८ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !