काठमाडौँ । नेपालका विभिन्न निजी क्षेत्रद्वारा प्रवद्र्धित २० वटा जलविद्युत आयोजना बाढी र पहिरोका कारण ठूलो क्षति भोगेका छन्। प्रारम्भिक विवरणअनुसार, यी आयोजनाहरूले २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
यहाँ सबै प्रभावित आयोजनाहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ:
१ . बागमति साना जलविद्युत आयोजना, मकवानपुर (२२ मेगावाट)
– प्रवद्र्धक: मान्डू हाइड्रोपावर
– क्षति: करिव 1 अर्ब रुपैयाँ (पावर हाउस पूर्णरूपमा डुबेको, बाँध क्षेत्रमा क्षति)
२ . तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (२२ .१ मेगावाट)
– प्रवद्र्धक: माउन्टेन हाइड्रो नेपाल
– क्षति: करिब २५ करोड रुपैयाँ (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा)
3. हेवाखोला जलविद्युत आयोजना, पाँचथर (१४. ९ मेगावाट)
– प्रवद्र्धक: पाँचथर पावर
– क्षति: एकिन हुन बाँकी (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माणका लागि तयारीमा थियो)
4. सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (८६ मेगावाट)
– **प्रवद्र्धक: साहस ऊर्जा
– क्षति: एकिन हुन बाँकी (हेडवक्र्समा क्षति, उत्पादन बन्द)
5. माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (३ मेगावाट)
– प्रवद्र्धक: सगरमाथा जलविद्युत कम्पनी
– क्षति: करिव ५ करोड रुपैयाँ (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)
6. माइखोला जलविद्युत आयोजना, इलाम (९ .६ मेगावाट)
– प्रवद्र्धक: सगरमाथा जलविद्युत कम्पनी
– क्षति: करिब ७ करोड रुपैयाँ (बाँध र प्रसारणलाइनमा क्षति)
7. फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट), पाँचथर
– क्षति: करिब १0 करोड रुपैयाँ (बाँध र विद्युतगृह पूर्णरूपमा क्षति)
8. सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट), लमजुङ
– क्षति: करिव २ करोड रुपैयाँ (टेलरेस, इन्टेक र टनेलमा क्षति)
9. सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट), लामुजुङ
– क्षति: एकिन हुन बाँकी (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)
10. इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट), धादिङ
– क्षति: एकिन हुन बाँकी (पहुँचमार्गमा ठूलो क्षति)
11. माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट), नुवाकोट
– क्षति: करिब १० करोड रुपैयाँ (क्याम्प हाउस, पहुँचमार्गमा क्षति,३ वटा कन्टेनर बगाएको)
12. हेवाखोला जलविद्युत आयोजना, पाँचथर (प्रस्तावित ९ .९ मेगावाट)
– क्षति: करिव १० करोड रुपैयाँ (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको)
13. सभाखोला बी जलविद्युत आयोजना (१५ . १ मेगावाट), पाँचथर
– क्षति: करिब ७ करोड रुपैयाँ (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको)
14. सभाखोला सी जलविद्युत आयोजना (६ .३ मेगावाट), पाँचथर
– क्षति: करिव ३ करोड रुपैयाँ (पहुँचमार्गमा क्षति)
15. लान्द्रुक मोदी जलविद्युत आयोजना (८६ .५९ मेगावाट), कास्की
– क्षति: करिव ८ करोड रुपैयाँ (पहुँचमार्गमा क्षति)
16. सुपर त्रिशूली जलविद्युत आयोजना (१०० मेगावाट), नुवाकोट
– क्षति: करिब२५ करोड रुपैयाँ (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको)
17. लाङटाङ खोला जलविद्युत आयोजना (२0 मेगावाट), रसुवा
– क्षति: एकिन हुन बाँकी (बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति)
18. खानीखोला जलविद्युत आयोजना (२ मेगावाट), ललितपुर
– क्षति: करिब १० करोड रुपैयाँ (पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्विचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद)
19. टुङ्गुन ठोस्ने जलविद्युत आयोजना (४३६ मेगावाट), ललितपुर
– क्षति: करिब १५ करोड रुपैयाँ (पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्विचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद)
20. माया खोला जलविद्युत आयोजना (१४. ९ मेगावाट), संखुवासभा
– क्षति: करबि २ करोड रुपैयाँ (बाँध र पहुँचमार्गमा क्षति)
उपरोक्त जलविद्युत आयोजनाहरूमा भएको क्षतिको यो प्रारम्भिक विवरणले स्पष्ट पार्छ कि बाढी र पहिरोले जलविद्युत क्षेत्रलाई ठूलो असर गरिरहेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !