काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका २ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका ६ घर भइ काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय नविन शाही, सान्नीत्रिवेणी गाँउपालिका ५ घर भइ हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटकै रास्कोट नगरपालिका ५ घर भई हाल काठमाडौंको नयाँबानेश्वर बस्ने २५ वर्षीय मुकुन्द शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर परिवर्तन गरी लु ६८ प ०९ ४३ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित काठ्माडौंको पद्मोदयमोडबाट उनिहरुलाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा आएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
ट्राफिक प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक,डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावतनहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको
हटलाईन नम्बर १०० मा फोन गर्न समेत सुझाव दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !