काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)र नेपाल बीमा प्राधिकरण व्यापक सेटिङमा लागेको दाबी गरेका छन् ।
संसदको अर्थ समिति बैठकमा शुक्रबार सांसद वाग्लेले यी दुई निकायको सेटिङमा ५० पैसा पनि आम्दानी नभएको कम्पनीलाई प्रिमियममा सेयर निष्कासन गर्न दिइएको आरोप लगाए ।
‘यी दुई नियामक निकायमा भएको सेटिङले देश नै धराशयी हुने अवस्थामा पुगेको छ,’ उनले भने, ‘यो विषयलाई रास्वपाले गम्भीर रुपमा हेरिरहेको छ ।’
सरकारले यी दुई निकायमा रहेर नीतिगत भ्रष्टाचार गर्नेलाई हेरेर बस्ने हो भने रास्वपाले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिए । मन्त्री महतलाई सेबोन र बीमा प्राधिकरणलाई नियन्त्रणमा राख्न उनले सुझाव दिए ।
आन्तरिक तथा बाह्य ऋणलाई अर्थमन्त्रीले हल्का रुपमा टिप्पणी सांसद वाग्लेले गरे । ‘मन्त्रीले नवीन समाधानतर्फ लाग्नुपर्छ, ग्रिन फाइनान्सिङतिर लाग्नुपर्छ,’ उनले भने ।
बजेट कार्यान्वयनमा सरकार अफसल भएको भन्दै उनले रफ्तार बढाउन सुझाव दिए । अन्य मन्त्रीले के भने भनेर अर्थमन्त्री उम्किन नमिल्ने उनको दाबी छ । भूकम्पले पारेको क्षतिलाई पनि हल्का रुपमा नलिन वाग्लेले आग्रह गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !