काठमाडौं । नाडा अटो शो २०२४ मंगलबारबाट सुरु भएर आइतबार साँझ सकिएको छ। यो वर्षको अटो शोमा विद्युतीय सवारीमय बनेको थियो। सोही कारण उत्कृष्ट छानिएका सबै स्टल विद्युतीय ब्रान्डकै भएका छन्।
नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा आयोजकले क्याटा गोरीअनुसार उत्कृष्ट स्टल छनोट गर्दै आएको छ। हरेक वर्ष हुने अटो शोमा अलग्गै कमिटी छनोट बनाएर बेस्ट स्टल छनोट गर्दै आएको छ। नाडाले बेस्ट स्टल छान्दा दिइएको स्पेस, बनोट, क्रिएटिभिटी, ध्वनी, स्टलमा अवलोकनकर्ताहरुको सहजता लगायतलाई आधार बनाउने गरेको छ।
यो वर्ष प्यासेन्जर कार, लाइट कमर्सियल सवारी र दुईपांग्रे तीनवटै विद्युतीय सवारी ब्रान्ड र तीनवटै कम्पनी पहिलोपटक नाडा अटो शोमा सहभागी हुने कम्पनीको संयोग मिलेको छ।अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १३ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी थिए।
नाडा अटो शो २०२४ मा प्यासेन्जर कारतर्फ यो वर्षको बेस्ट स्टल रिडारा ब्रान्डले पाएको छ। चीनको सवारी उत्पादक समूह जीली अन्तर्गको ब्रान्ड रिडाराको विद्युतीय पिकअप उत्पादन गर्दै आएको छ। रिडारा ब्रान्ड चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले आधिकाकिर बिक्रेताको रुपमा नेपाली बजारमा भित्र्याएको हो।
सीजी मोटर्सले रिडारा ब्रान्ड औपचारिकरुपमा नाडा अटो शो २०२४ मै सार्वजनिक गरेको हो। नाडाबाटै कम्पनीले रिडाराको विद्युतीय पिकअपको बुकिङसमेत लिन सुरु गरेको छ।
त्यस्तै लाइट कमर्सियलतर्फ सोकोन उत्कृष्ट ब्रान्ड बन्न सफल भएको छ। नाडाको छनोट कमिटिले आयोजकको गाइडलाइनको परिपालनाअनुसार बेस्ट स्टल छनोट गर्दै आएको छ। नाडा अटो शो २०२४ मा कमर्सियलतर्फ सोकोन ब्रान्डको स्टल उत्कृष्ट भएको हो।
चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी सोकोनको विद्युतीय भ्यान एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपाली बजारमा ल्याएको हो। गएको असारमा कम्पनीले सोकोन ब्रान्ड भित्र्याएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !