काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको बताएका छन् ।
आइतबार विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीतिगत भ्रष्टाचारको अफवाह नफैलाउन आग्रह गरे ।हदभन्दा बढीका जग्गा कानुन नभइ सट्टाको काम त्यसअघि भएकाले कानुन नभइ यस्तो नगर्नू भनेपछि आफ्नो पालाको सरकारले कानुन बनाएको उनले बताए ।
‘कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ रु संसदले कानुन बनायो त्यहाँ नीतिगत भ्रष्टाचार छैन, त्यसको कार्यान्वयन हुन पाएको छैन ‘ ओलीले भने, ‘त्यतिबेला त्यो कानुन कार्यान्वयन हुनुपर्छ भनेरै बनाएको हो । अदालतले कानुनको सम्बन्धमा नीतिगत भ्रष्टाचार भनेको छैन यो अफवाह नफैलाए हुन्छ ।’
कसैलाई टी इस्टेटको नाममा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने त्यसमा आफ्नो भन्नु केही नभएको उनले बताए ।
‘कानुन नबनाइ अगाडि बढाउँदा विकृति हुनसक्छ । अरु थुप्रै ठाउँमा सट्टापट्टा भएको छ । सर्त अनुसार होस् भनेर हामीले कानुन बनाएका हौँ । कसैलाई टी इस्टेटको नाममा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने मेरो केही भन्नु छैन । त्यसबारे अदालतको फैसला भएन र रु बेचबिखन र सट्टापट्टा भएको छैन । हुनेभन्दा अगाडि यस्तो यस्तो हुने भनेर शर्त राखिएको थियो । त्यो सर्तलाई अहिले अदालतले रोकिदियो ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !