काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर बिहीवार विक्रीमा आएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर कम्पनीले असार १२ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । प्रतिकित्ता ७०० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि कम्पनीले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी विक्रीमा ल्याएको हो ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार १३ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रम तय भैसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !