काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक चिनियाँ यात्रुको झोलामा आगो लागेको छ ।आइतबार दिउँसो बोर्डिङ पास लिएर विमानमा कुरिरहेका चिनियाँ यात्रुले बोकेको झोलामा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।
एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र त्यसलाई तत्काल निभाइएको उनले बताए । झोलामा पावरब्यांक जोडेर आइप्याड चलाइरहेका उनको पावरब्यांक पड्किँदा झोलामा आगो लागेको बताइएको छ ।
ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले आगो तत्काल नियन्त्रणमा लिएका थिए ।विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन । ह्याण्ड ब्यागमा राख्न भने पाइन्छ ।अहिले ती यात्रु सकुशल छन् । विमानस्थलको अवस्था पनि सामान्य छ । भौतिक क्षति केही पनि भएको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !