काठमाडौं । काठमाडौंमा साउथ एसियन एशोसियसन फर रिजनल कोअपरेशन (सार्क) इन्टरनेशनल साइक्याट्रीक सम्मेलन सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ।
गत ७ र आठ नोभेम्बर गरी दुई दिनसम्म काठमाडौँको सोल्टी होटलमा आयोजित सम्मेलन १४ औं सम्मेलन हो । सम्मेलनमा सार्क मुलुकका करिब तीन सय मनोचिकित्सक, मनोविद् लगायत विशेषज्ञ तथा सरोकारवालाको सहभागिता रहेको थियो । सार्क मुलुकका नागरिकको मानसिक स्वास्थ्य स्वस्थताको प्रवर्धनका लागि एक आपसमा समन्वय तथा सहयोगका लागि कार्यक्रम गर्दै जाने सम्मेलनको मूख्य एजेण्डा रहेको सम्मेलनका अर्गनाइज्ड सेक्रेटरी डा.नीना राईको भनाई छ ।
सम्मेलनको आयोजक अध्यक्षका रुपमा डा.शुदर्सन प्रधान थिए भने साइन्टिफिक कमिटिमा अध्यक्ष डा. सरोज ओझा थिए । सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. रोशन पोखरेल तथा मूख्य अतिथिका रुपमा विश्वकै ख्यातीप्राप्त मनोचिकित्सक डा. नोर्मान सार्टोरियसले गरेका थिए ।उनले डा. मोहन आइज्याकका साथ नेपालका युवा मनोचिकित्सकहरुलाई ३ दिने ओरियन्टेसेन तथा लिडरशीप तालिम प्रदान गरेका थिए । साथै भारतका गौतम शाहले अध्यक्षका रुपमा सम्हालिरहेका उक्त संस्थाको जिम्मेवारी यसै सम्मेलनकाबीच श्रीलंकाका डा.सिहान विलियम्स्लाई हस्तान्तरण गरेका थिए ।
सम्मेलनमा लाइफ टाइम अचिभ्मेन्ट अवार्ड किष्ट मेडिकलका डा. पुष्पप्रसाद शर्मालाई प्रदान गरिएको थियो । सम्मेलमा सार्क मुलुकका विद्यार्थी,प्राध्यापक,मनोचिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सिम्पोजियम,टपिक प्रेजेन्टेसन,वर्कशपलगायतका कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !