काठमाडौं । सरकारले मदिरामा कर बढाएको छ । आर्थिक ऐनअनुसार ४८.५ प्रतिशत अल्कोहल भएको ह्विस्की, भोड्का, जिन मा ६० रुपैयाँसम्म कर बढेको हो ।
अर्थमन्त्री वर्षमान पुनले ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८६० रुपैयाँ अन्तःशुल्क लगाएका हुन् जुन साबिकको दर १८०० भन्दा ६० रुपैयाँ बढी हो ।
आर्थिक ऐनअनुसार ४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा ४५ रुपैयाँ बढेर १३९० रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहल भएकामा ४० रुपैयाँ बढेर १२९०, ३४.२३ प्रतिशत अल्कोहल भएकामा २० रुपैयाँ बढेर ६५०, २८.५३ प्रतिशत भएकामा ५ रुपैयाँ बढेर ४९० र १७.१२ प्रतिशत भएकामा १० रुपैयाँ बढेर ६० रुपैयाँ कायम भएको छ ।
यता बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढेको छ ।
यसैगरी १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर १६ रुपैयाँ बढेर अन्तःशुल्क दर ४६० र त्योभन्दा बढीमा १९ रुपैयाँ बढेर ५१६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !