काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो ठेक्का लागेको छ । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ ।
यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउने भएको छ । एमसीए नेपाल र भारतीय कम्पनीबीच विहीबार निर्माण सम्झौता भएको छ । बिहिबार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अमेरिकी राजदूत डीन आर। थम्पसन, स्थानीय अधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौता भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर। थम्पसनले नेपालको घरेलु उपभोग, विस्तारित व्यापारिक एवम् औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो विद्युत् उपलब्ध गराइरहेको बताए ।
उनले यो ४०० केभी नयाँ बुटवल सबस्टेशनले नेपालको विद्युत् प्रसारण क्षमतामा सुधार ल्याउने बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !